साताको पहिलो कारोबार दिन आइतबार ९आज० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २ हजार ६७२.५५ विन्दुमा बन्द भएको हो।
आज १ करोड ६६ लाख ११ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ५ कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार मञ्जुश्री फाइनान्सको भएको छ ।

