२०८३, आश्विन १९ गते

images

घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ९२ करोड

घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ९२ करोड

बुधवार, माघ ७ २०८२०३:१८
बुधवार, माघ ७ २०८२०३:१८
  • images

    काठमाडौँ । बुधबारर शेयर बजार घटेर बन्द भएको छ । मंगलबार भारी अंकले बढेको नेप्से आज ९ दशमलव ४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । 

    आज यस कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कालिका पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले कमाएका हुन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ५ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ५ दशमलव ८९ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend