२०८३, श्रावण २५ गते

images

नाफा, निक्षेप र कर्जामा सुधारसँगै कृषि विकास बैंक ५९औँ वर्षमा

नाफा, निक्षेप र कर्जामा सुधारसँगै कृषि विकास बैंक ५९औँ वर्षमा

images
बुधवार, माघ ७ २०८२०३:५१
बुधवार, माघ ७ २०८२०३:५१
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित बैंकले समयक्रमसँगै व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिमा उल्लेखनीय सुधार गर्दै आएको जनाएको छ ।

    बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा तीव्र रूपमा आएको परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औंल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात गर्दै अघि बढिरहेको बताए ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिए । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनले बताए ।

    सीईओ गुरुङका अनुसार बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यावसायिक योजना आर्थिक वर्ष २०८१/८२ देखि २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको छ । नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै आर्थिक अनुशासन कायम गरिएको र डिजिटलाइजेसनलाई केन्द्रमा राखी विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको उनले बताए ।

    वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयरको औपचारिक शुभारम्भ गरेको छ । साथै, केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्र पनि सञ्चालनमा ल्याइएको छ । हाल बैंकमा ५१ प्रतिशत शेयर नेपाल सरकारको र ४९ प्रतिशत शेयर सर्वसाधारणको स्वामित्वमा रहेको छ ।

    बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप अघिल्लो वर्षको तुलनामा २०.३१ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.४० प्रतिशतले वृद्धि भई २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको थियो । सो अवधिमा निष्क्रिय कर्जा अनुपात ३.४४ प्रतिशत र खुद नाफा ३ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो ।

    त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको कूल निक्षेप ३ खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ र कूल कर्जा प्रवाह २ खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा निष्क्रिय कर्जा अनुपात ४.५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend