२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै...

गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस, त्यसपछि चुनावी अभियानमा जाने

गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस, त्यसपछि चुनावी अभियानमा जाने

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०१:५५
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०१:५५
  • images

    काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्ने भएको छ। शुक्रबार बिहान १ बजे सानेपामा बस्ने केन्द्रीय समितिको बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा होमिने निर्णय गर्ने तयारी गरेको हो।

    कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार बैठक भोलि १ बजे सानेपामा बस्नेछ। 

    कांग्रेसले १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्रमा सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर चुनावमा पार्टी होमिने एक नेताले बताए।

    ती नेताले भने, ‘भोलि सानेपामा बस्ने बैठकले निर्णय गर्छ। त्यो विषय हामीले घोषणापत्रमा नै समेट्ने तयारी गरेका छौँ।’

    सभापति थापाको नेतृत्वमा नै अहिले कांग्रेसले घोषणापत्र लेखिरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend