२०८३, आश्विन १९ गते

images

सेयर बजारमा करेक्सन, ९ अंकले बढ्दा ९ अर्ब ७ करोड बढीको कारोबार

सेयर बजारमा करेक्सन, ९ अंकले बढ्दा ९ अर्ब ७ करोड बढीको कारोबार

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०३:२३
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०३:२३
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा बन्द भएको हो।

    आज १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १० कम्पनीको शेयरमूल्य स्थिर छ ।

    त्यस्तै, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्यूत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखुखोला जलविद्युत कम्पनीको भएको छ । सो कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend