२०८३, आश्विन १९ गते

images

५७ अंकले बढ्यो नेप्से परिसूचक, झन्डै १४ करोड बराबरको कारोबार

५७ अंकले बढ्यो नेप्से परिसूचक, झन्डै १४ करोड बराबरको कारोबार

आइतवार, माघ ११ २०८२०३:१६
आइतवार, माघ ११ २०८२०३:१६
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । चुनावको चहलपहल भएसँगै नेप्सेले सकारात्मक गति लिएको हो ।  

    आइतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अंकले बढेर २,७७२ को विन्दुमा कायम भएको छ । आज २४० कम्पनीको शेयर मूल्य बढेको छ भने १९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ ।

    आज यस कम्पनीको ४३ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको ३९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३२ करोड माथिको शेयर कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend