२०८३, आश्विन १९ गते

images

बढ्यो नेप्से परिसूचक, १६ अर्ब ३५ करोड बढीको कारोबार

बढ्यो नेप्से परिसूचक, १६ अर्ब ३५ करोड बढीको कारोबार

सोमवार, माघ १२ २०८२०३:२६
सोमवार, माघ १२ २०८२०३:२६
  • images

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ३.०७ अंकले घटेको छ। आइतबारको तुलनामा शून्य दशमलव ११ प्रतिशतले नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । 

    समग्र नेप्से घटेपछि २७ सय ६९ दशमलव ०९ विन्दुमा ओर्लिएको छ । कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्यो, १६५ कम्पनीको मूल्य घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

    कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोष मात्रै बढ्यो । बाँकी उपसमूहरु घट्यो ।

    कुल १ लाख ४७ हजार ६७६ पटक कारोबारमा ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    सोमबारको कारोबार गत साउनयताको उच्च हो । यसअघि १५ साउन २०८२ मा १६ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend