२०८३, आश्विन १९ गते

images

८ लाख २० हजारले पाए सोलु हाइड्रोपावरको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

८ लाख २० हजारले पाए सोलु हाइड्रोपावरको आईपीओ, यसरी हेर्न सकिन्छ नतिजा

सोमवार, माघ १२ २०८२०४:२५
सोमवार, माघ १२ २०८२०४:२५
  • images

    काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो ।

    कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका थिए । जुन मागभन्दा ३।८६ गुणाले बढी हो ।

    आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको हो । कम्पनीले ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गरेको थियो ।

    आईपीओको नतिजा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको आधिकारिक वेबसाइट, सीडीएससीको आईपीओ नतिजा पोर्टल तथा आफ्नो मेरो सेयर खातामार्फत सकिनेछ । 

    नतिजा हेर्न आवेदकहरूले आफूले आवेदन गर्दा प्रयोग गरेको डीपी आईडी, आवेदन नम्बर वा अन्य आवश्यक विवरणहरू प्रविष्ट गर्नुपर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend