२०८३, आश्विन १९ गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख ४८ हजार संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख ४८ हजार संस्थापक शेयर बिक्रीमा

मंगलवार, माघ १३ २०८२१०:२१
मंगलवार, माघ १३ २०८२१०:२१
  • images

    काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता सम्बन्धित संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न सक्नेछन् ।

    शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र के–कति रकममा खरीद गर्न चाहेको हो सो समेत खुलाई काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    म्यादभित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरू खरीद बिक्री गर्न आवश्यक कारवाही अघि बढाइने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend