२०८३, आश्विन १९ गते

images
  • बिमा
  • निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले...

निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले वृद्धि, शिखर अग्रस्थानमा

निर्जीवन बीमा कम्पनीहरूको व्यापार १३.३७ प्रतिशतले वृद्धि, शिखर अग्रस्थानमा

बुधवार, माघ १४ २०८२१२:३५
बुधवार, माघ १४ २०८२१२:३५
  • images

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यापार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) अवधिमा उल्लेख्य रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले यस अवधिमा कुल २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३७ प्रतिशतले वृद्धि हो।

    छ महिनाको अवधिमा कम्पनीहरूले १४ लाख १९ हजार ५४८ वटा बीमालेख जारी गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भने १३ लाख ८९ हजार ३१९ बीमालेखमार्फत २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो।

    पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५७ हजार ३५२ वटा बीमालेख जारी गर्दै ४ अर्ब १८ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

    १३ कम्पनीको व्यापार बढ्यो, एउटाको घट्यो

    चालु आर्थिक वर्षको पहिलो छ महिनामा अघिल्लो वर्षको तुलनामा १३ वटा निर्जीवन बीमा कम्पनीको व्यापार वृद्धि भएको छ भने राष्ट्रिय बीमा कम्पनीको व्यापार २०.३४ प्रतिशतले घटेको छ।

    शिखर इन्स्योरेन्स अग्रस्थानमा

    पुससम्म सबैभन्दा धेरै व्यापार भित्र्याउने कम्पनीका रूपमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले १ लाख ४७ हजार ६०९ बीमालेख जारी गर्दै २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.१९ प्रतिशत बढी हो।

    दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले २ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३४ प्रतिशतले वृद्धि हो।

    वृद्धिदरमा हिमालयन एभरेष्ट अग्रणी

    तेस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स ले पुससम्म २ अर्ब ४९ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ४५।०७ प्रतिशतले वृद्धि भएको छ, जुन सबैभन्दा उच्च वृद्धिदर हो।

    अन्य कम्पनीहरूको अवस्था

    सिद्धार्थ प्रिमियर एभरेष्ट इन्स्योरेन्स : २ अर्ब २९ करोड ६५ लाख रुपैयाँ,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स : २ अर्ब ६ करोड ८० लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स : १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ,नेको इन्स्योरेन्स : १ अर्ब ८० करोड २८ लाख रुपैयाँ,युनाइटेड अजोड इन्स्योरेन्स : १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ,ओरिएन्टल इन्स्योरेन्स : १ अर्ब ५० करोड १३ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्स : १ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ,नेपाल इन्स्योरेन्स : १ अर्ब १८ करोड १२ लाख रुपैयाँ,प्रभु इन्स्योरेन्स : ९३ करोड ७२ लाख रुपैयाँ,नेसनल इन्स्योरेन्स : ६९ करोड ९३ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनी : ५६ करोड ७२ लाख रुपैयाँ

    व्यापार वृद्धिदरका आधारमा आईजीआई प्रुडेन्सियल (१९.०५%), एनएलजी (३३.५५%), युनाइटेड अजोड (२७.२९%), सानिमा जीआईसी (१९।७१%) लगायत कम्पनीहरूको प्रदर्शन सन्तोषजनक देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend