काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले होटल ग्रान्ड पोखरामा दुई दिने नेशनल एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।
देशभरका एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा आयोजित कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ प्राप्त सदस्यहरूलाई सम्मान गरिएको छ।
कार्यक्रमको दोस्रो दिन अन्तर्राष्ट्रिय सेल्स ट्रेनर अनिल झाले बिक्री कौशल, नेतृत्व विकास र ग्राहक सम्बन्धबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंलगायत शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

