२०८३, आश्विन १९ गते

images

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, बढ्यो प्रतिसेयर आम्दानी

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड, बढ्यो प्रतिसेयर आम्दानी

बिहिवार, माघ १५ २०८२०७:५२
बिहिवार, माघ १५ २०८२०७:५२
  • images

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी  दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि भएको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंकको खुद ब्याज आम्दानी सामान्य रूपमा घटे पनि सञ्चालन मुनाफा बढेकाले खुद नाफामा सुधार आएको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.७४ प्रतिशतले बढेको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत र सञ्चालन मुनाफा १.७२ प्रतिशतले वृद्धि भएको छ।

    यद्यपि, समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा घटेर २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा कायम भएको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १३।२४ गुणा कायम भएको छ।

    हाल ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्म बैंकले ६ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend