२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकको नाफा ७० करोड बढी, कस्तो छ अन्य सूचक ?

कृषि विकास बैंकको नाफा ७० करोड बढी, कस्तो छ अन्य सूचक ?

images
बिहिवार, माघ १५ २०८२१०:४५
बिहिवार, माघ १५ २०८२१०:४५
  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा २६ प्रतिशतभन्दा कम हो।

    खुद नाफा घटेको भए पनि तथ्यांक अनुसार बैंकको आम्दानीमा भने बढोत्तरी नै देखिएको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

    त्यसैगरी समीक्षा अवधिमा खुद फी तथा कमिशन आम्दानी ६१ करोड ७४ लाख रुपैयाँबाट बढेर ६२ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४ अर्ब ८६ करोड ८८ लाख रुपैयाँबाट बढेर ५ अर्ब २२ करोड ११ लाख रुपैयाँ पुगेको छ। आम्दानी बढे तापनि बैंकको सञ्चालन नाफा भने १ अर्ब ३४ करोड ७७ लाख रुपैयाँबाट घटी १ अर्ब ९२ लाख रुपैयाँमा झरेको छ।

    त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११.४७ रुपैयाँबाट घटी ९.८९ रुपैयाँमा झरेको छ भने बैंकको निष्क्रिय कर्जा (एनपीएल) पनि ४.९० प्रतिशतबाट ४.६५ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २२४.३७ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ७१ करोड ९८ लाख रुपैयाँ रहेको छ।

    चुक्ता पूँजी १९ अर्ब ७३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा करीब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले २ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend