२०८३, आश्विन १९ गते

images

सिद्धार्थ बैंक ‘Awards for Corporate Excellence 2025’ बाट सम्मानित

सिद्धार्थ बैंक ‘Awards for Corporate Excellence 2025’ बाट सम्मानित

सोमवार, माघ १९ २०८२११:२१
सोमवार, माघ १९ २०८२११:२१
  • images

    काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेड ‘Awards for Corporate Excellence 2025-Commercial Banking Category’ अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रा. लिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

    माघ १६ गते आयोजना भएको उक्त अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरे । 

    मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको हो । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबूत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ । 

    यस खुशीको अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहकहरू, सरोकारवालाहरू र सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend