२०८३, आश्विन १९ गते

images

साताको पहिलो कारोबार दिन दोहोर अंकले घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

साताको पहिलो कारोबार दिन दोहोर अंकले घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

आइतवार, माघ २५ २०८२०३:२७
आइतवार, माघ २५ २०८२०३:२७
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार (माघ २५) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोर अंकको गिरावट आएको छ ।

    यस दिन बजार १०.२५ अंकले घटेर नेप्से परिसूचक २६९८.४४ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने सामान्य बढेको छ । 

    गत शुक्रबार ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँको कारोबार भएकामा आज ११ अर्ब ६५ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । 

    सुपर मादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, रिदी पावर कम्पनी, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावरको मूल्य क्रमशः ९.९८, ९.९७, ५.३९ प्रतिशतले बढेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend