काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २ हजार ६७२.३९ विन्दुमा बन्द भएको हो।
आज २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
त्यस्तै, खानिखोला हाइड्रोपावरको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार रिडी पावर कम्पनीको भएको छ । सो कम्पनीको ७७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ

