काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.२५ अंकले घटेर २ हजार ६६२.१४ विन्दुमा बन्द भएको हो।
आज २ करोड १७ लाख १५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १७९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ७ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
सर्वाधिक कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । सो कम्पनीको ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

