२०८३, आश्विन १९ गते

images

सिङ्गल ISIN को दुरुपयोग: संस्थापक सेयरको खेल र बढ्दो बजार जोखिम

सिङ्गल ISIN को दुरुपयोग: संस्थापक सेयरको खेल र बढ्दो बजार जोखिम

मंगलवार, माघ २७ २०८२०३:५१
मंगलवार, माघ २७ २०८२०३:५१
  • images

    काठमाडौँ। नेपाल धितोपत्र लगानीकर्ता संघले धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको हितविपरीत गम्भीर गतिविधि भइरहेको आरोप लगाएको छ। संघले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विशेष गरी डबल ISIN प्रणालीको दुरुपयोग, नियामक निकायको उदासीनता र केही कम्पनी तथा बैंकहरूको मिलेमतोका कारण लगानीकर्ता ठगिएको दाबी गरिएको छ।

    संघका अनुसार सर्वसाधारण लगानीकर्ताको हित संरक्षण, संस्थागत सुशासन र पारदर्शिता सुनिश्चित गर्न भन्दै विशेष अभौतिकरण कार्य सञ्चालन निर्देशिका–२०८२ तयार गरी करिब ६ महिनाअघि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा पेश गरिएको थियो। सो निर्देशिकामा डबल ISIN लाई स्पष्ट व्यवस्थापन गर्दै अव्यवस्था अन्त्य गर्ने प्रस्ताव गरिएको थियो। तर, सेबोन अध्यक्ष तथा बोर्डका अन्य पदाधिकारी र CDSC का उच्च अधिकारीहरूले यस विषयमा आवश्यक निर्णय नगरी चुप्पी साधेको संघको आरोप छ।

    bigyapan.jpeg

    विज्ञप्तिमा उल्लेख भएअनुसार, रिभर इनर्जी लिमिटेड जस्ता कम्पनीका संस्थापक लगानीकर्ताले सर्वसाधारण समूहको ISIN प्रयोग गरी आफ्ना सेयर धितो राख्दै बैंकबाट ठूलो परिमाणमा ऋण लिएको आरोप छ। यसरी लिइएको ऋणले सेयर मूल्य कृत्रिम रूपमा बढाइएको, अन्ततः सर्वसाधारण लगानीकर्ता जोखिममा परेको संघको भनाइ छ।

    संघले केही बैंक तथा वित्तीय संस्थाहरूले समेत वास्तविक लगानीभन्दा ५–१० गुणासम्म ऋण प्रवाह गरेको, कम्पनीका खातामा रहेको सेयर मूल्यलाई आधार मानेर ऋण स्वीकृत गर्दा नियामकीय सावधानी नअपनाएको आरोप लगाएको छ। यसबाट लगानीकर्ता मात्र नभई बैंकिङ प्रणाली समेत जोखिममा पर्ने चेतावनी दिइएको छ।

    नेपाल धितोपत्र लगानीकर्ता संघले दोहोरो ISIN प्रणाली तत्काल खारेज गर्दै Single ISIN प्रणाली लागू गर्न, दोषी पदाधिकारी, कम्पनी सञ्चालक र बैंकहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ। संघले समयमै सुधार नभए सर्वसाधारण लगानीकर्ताको पूँजी थप जोखिममा पर्ने र पूँजी बजारप्रतिको विश्वास गम्भीर रूपमा कमजोर हुने चेतावनी पनि दिएको छ।

    संघका महासचिव प्रकाश रञ्जितद्वारा हस्ताक्षरित विज्ञप्तिमा नियामक निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन नगरेको आरोप लगाउँदै, लगानीकर्ताको हित संरक्षण गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend