काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा बन्द भएको हो।
आज २ करोड २२ लाख ८२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १३ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
रिडी पावर कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ। सो कम्पनीको ६५ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

