२०८३, आश्विन १९ गते

images

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

सीएनएन खबर
बिहिवार, माघ २९ २०८२०३:३१
सीएनएन खबर
बिहिवार, माघ २९ २०८२०३:३१
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २ हजार ६७१.०७ विन्दुमा बन्द भएको हो।

    आज २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ११ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend