काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आईपीओ मंगलबार बिक्री प्रबन्धकमा कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा कुल २५ लाख ५२ हजार ६०२ जनाले २ करोड ६९ लाख ३२ हजार ८ सय कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख ११ हजार ९२२ आवेदन सदर भएका छन् भने ४० हजार ६८० आवेदन बदर भएको छ ।
कुल सदर आवेदकमध्ये ५७ हजार २४३ जनालाई ५० कित्ताका दरले ५ लाख ७२ हजार ४३० कित्ता शेयर बाँडफाँड गरिएको छ । थप एक कित्ता शेयर एक जनाले पाएका छन् ।
आईपीओको नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले जानकारी दिएको छ। अनलाइनमा सार्वजनिक भएपछि यी माध्यमबाट नतिजा हेर्न सकिनेछ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login

