काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.७५ अंकले घटेर २ हजार ६४२१५ विन्दुमा बन्द भएको हो।
आज २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार रिडी पावर कम्पनीको भएको छ। सो कम्पनीको ५३ करोड ३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

