२०८३, आश्विन १९ गते

images

२७ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसमूह राताम्य

२७ अंकले घट्यो नेप्से परिसूचक, सबै उपसमूह राताम्य

सीएनएन खबर
आइतवार, फाल्गुण १० २०८२०३:१७
सीएनएन खबर
आइतवार, फाल्गुण १० २०८२०३:१७
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सेयरबजार २७.५९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेसँगै २६१४.५५ विन्दुमा पुगेको छ। 

    आइतबार ६ अर्ब ६९ करोडको कारोबार भएको छ। डेढ करोड कित्ता खरिदबिक्रीमा सो परिमाणमा कारोबार भएको हो।आइतबार ३४ वटा सेयरको मात्रै मूल्य बढेको छ।

    २२० वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज साल्पा विकास बैंकको १० प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स ९.२६ प्रतिशत, कालिका लघुवित्त ५.१७ प्रतिशत, मञ्जुश्री फाइनान्स ४.४२ प्रतिशत र सुपर मादी हाइड्रोपावर ४.१६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। 

    त्यसैगरी बुद्धभूमि हाइड्रोपावर ८.९२ प्रतिशत, रिडी पावर कम्पनी ८.३३ प्रतिशत, आखुखोला जलविद्युत् कम्पनी ८.२८ प्रतिशत, नारायणी विकास बैंक ६.९१ प्रतिशतले घटेका छन्।

    कारोबारमा आज आखुखोला जलविद्युत् कम्पनी अगाडि छ। कम्पनीको ६३ करोडको कारोबार हुँदा रिडी ३७ करोड, एसवाई प्यानल ३१ करोड, ङादी ग्रुप पावर १९ करोड र राधी विद्युत् १७ करोडको कारोबार भएको छ।

    आज सबै उपसमूहहरु राताम्य छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend