२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एन्फाले हात झिक्यो, उपचार खर्च जुटाउन...

एन्फाले हात झिक्यो, उपचार खर्च जुटाउन साम्बाले खोजिन् समर्थको साथ

एन्फाले हात झिक्यो, उपचार खर्च जुटाउन साम्बाले खोजिन् समर्थको साथ

सोमवार, फाल्गुण ११ २०८२०५:००
सोमवार, फाल्गुण ११ २०८२०५:००
  • images

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले घुँडाको जटिल शल्यक्रियाका लागि सहयोगको अपिल गरेकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपचारमा बेवास्ता गर्दै साथ छाडेपछि उनले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरेकी हुन् ।

    उनले भनेकी छिन्,‘म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । मेरो घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको छ । त्यसैले आम समर्थकको सहयोग आवश्यक परेको छ ।’

    उनले थपेकी छिन्,‘पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । तर यसपटक वाचा गरिएको सहयोग पाइएन। क्लबले ३ सातापछि शल्यक्रियाको मिति तोकेको भएपनि एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक–पटक प्रयास गरे पनि सम्पर्क गर्न कठिन भयो। अन्ततः अध्यक्षले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । यसकारण शल्यक्रियाको मिति पुनः तय गर्न दुई महिना पर्खिनुपरेको छ।’ उनको उपचारका लागि करिब ८० हजार अमेरिकी डलर लाग्ने आँकलन गरिएको छ ।

    सावित्राले भनेकी छिन्,‘मैले आफ्नो करियरमा सधैं कठिनाइको सामना गरेकी छु । तर यसपटक पुनः माथि उठ्न तपाईंको सहयोग आवश्यक परेको छ । आफ्नो अभिभावक मानेको एन्फाले पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र भविष्यमा पनि देशको लागि खेल्न तत्पर छु ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend