२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

सीएनएन खबर
मंगलवार, फाल्गुण १२ २०८२०३:२१
सीएनएन खबर
मंगलवार, फाल्गुण १२ २०८२०३:२१
  • images

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१.६२ अंकले बढेर २ हजार ६३८.६० विन्दुमा बन्द भएको हो।

    आज ९३ लाख ६४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ। सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend