२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एक दिनमै साम्बालाई डेढ करोड सहयोग:...

एक दिनमै साम्बालाई डेढ करोड सहयोग: भनिन, चाँडै मैदानमा भेटौंला

एक दिनमै साम्बालाई डेढ करोड सहयोग: भनिन, चाँडै मैदानमा भेटौंला

मंगलवार, फाल्गुण १२ २०८२०४:३४
मंगलवार, फाल्गुण १२ २०८२०४:३४
  • images

    काठमाडौँ । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । 

    मंगलबार सामाजिक सञ्जाल मार्फत उनले उपचारका लागि उक्त रकर जम्मा भएको बताएकी हुन् । उनले हालको उपचारका लागि उक्त रकमले पुग्ने भन्दै अब आजैबाट आफ्नो अकाउन्टमा सहयोग बन्द गर्न उनले अपिल समेत गरेकी छिन् ।

    साम्बाले सोमबार दिउँसो आफूलाई खुट्टामा लागेको चोटको उपचारारार्थ सहयोग अपिल गरेकी थिइन् । पछिल्लो २४ घन्टामा नै उनलाई करिब डेढ करोड सहयोग जुटेको हो । उनले सबैलाई धन्यवाद दिएकी छन् ।

    आफ्नो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० जम्मा भएको साम्बाले जानकारी गराएकी छन् । साथै, आफूलाई प्रायोजन गर्ने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गरेको उनी बताउँछिन् ।

    आफूआवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको सम्बाले जानकारी दिएकी छन् । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्ने विश्वास उनको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend