२०८३, श्रावण २५ गते

images

कृषि विकास बैंकले दियो साम्बालाई १० लाख सहयोग

कृषि विकास बैंकले दियो साम्बालाई १० लाख सहयोग

images
सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२१०:४४
सीएनएन खबर
बुधवार, फाल्गुण १३ २०८२१०:४४
  • काठमाडौँ । कृषि विकास बैंकले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ९साम्बा० लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    फुटबल खेल्ने क्रममा लागेको गम्भीर चोटपछि शल्यक्रिया र लामो पुनःस्थापना प्रक्रियाका लागि साम्बाले सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेकी थिइन् । सोही अपिलअनुसार बैंकले मंगलबार सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

    बैंकका अनुसार ब्रान्ड एम्बेसडरसमेत रहेकी साम्बाको उपचार तथा पुनःस्थापनामा उक्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, साम्बाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदानमा फर्किएको देख्न पाइने अपेक्षा व्यक्त गरिएको छ ।

    कृषि विकास बैंकले खेलकुद क्षेत्रको प्रवर्द्धन र राष्ट्रिय खेलाडीहरूको मनोबल अभिवृद्धिमा निरन्तर साथ दिँदै आएको उल्लेख गरेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend