२०८३, आश्विन १९ गते

images

नेप्से परिसूचक १० अंकले बढ्यो

नेप्से परिसूचक १० अंकले बढ्यो

बुधवार, फाल्गुण १३ २०८२०३:२७
बुधवार, फाल्गुण १३ २०८२०३:२७
  • images

    काठमाडौँ । बुधबार नेप्से परिसूचक १०‍.३० अंक बढेर २६४८.९० विन्दुमा पुगेको छ।

    आजको कारोबारमा ३ सय ३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९ सय ८० कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २६ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव २८ अंकले बढेको छ।

    सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक ५.९८ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी २८ करोड ६९ लाख १९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब साढे २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

    १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend