काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक १९.२७ अंक बढेर २६७४.२० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४१ स्टकको ५५ हजार २०६ पटकको कारोबारमा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशत घटेको छ।

