२०८३, आश्विन १९ गते

images

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

मंगलवार, फाल्गुण १९ २०८२१०:५६
मंगलवार, फाल्गुण १९ २०८२१०:५६
  • images

    काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन १७ गते आइतबार साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

    बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको ८.७० प्रतिशत बोनस शेयर र ०.४६७९ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    उक्त निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend