२०८३, आश्विन १९ गते

images

सेयर बजारले गर्‍यो बालेन सरकारलाई स्वागतः दोस्रो सकारात्मक सर्किट पछि ४० मिनेटका लागि कारोबार बन्द

सेयर बजारले गर्‍यो बालेन सरकारलाई स्वागतः दोस्रो सकारात्मक सर्किट पछि ४० मिनेटका लागि कारोबार बन्द

सोमवार, फाल्गुण २५ २०८२११:३३
सोमवार, फाल्गुण २५ २०८२११:३३
  • images

    काठमाडौँ । सेयर बजारले बालेन शाहको सरकारलाई स्वागत गरेको छ । कारोबार खुलेर सर्किट लागेर २० मिनेटका लागि बन्द रहेको बजारमा पुनः अर्को सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्को सर्किट लागेर बन्द भएको हो । 

    दोस्रो सर्किटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ प्रतिशत अर्थात् १३५।७२ अंक बढेर २ हजार ८४८.२२ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो ।

    पहिलो सर्किट सेयर कारोबार खुलेको केही समयमै लागेर २० मिनेटका लागि बन्द भएको थियो । कारोबार खुलेको ११ बजेर १ मिनेटमा ४ प्रतिशत अर्थात् १०८.६० अंक बढेर २ हजार ८२१.१० अंकमा रोकिएको थियो । 

    नेप्सेका अनुसार यस अवधिमा २४७ कम्पनीको ५ लाख ३५ हजार ४६१ कित्ता सेयर किनबेच हुँदा २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबर कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend