२०८३, आश्विन १९ गते

images

सेयरबजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

सेयरबजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

सोमवार, फाल्गुण २५ २०८२१२:१०
सोमवार, फाल्गुण २५ २०८२१२:१०
  • images

    काठमाडौँ । सेयरबजार तेस्रो पटक पनि सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ। नेप्से सूचक ६ प्रतिशतको वृद्धि भएसँगै कारोबार बन्द गरिएको हो।

    चुनावपछिको पहिलो कारोबारमा बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको हो। कारोबार खुलेको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो। 

    त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।

    पुनस् तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो। यो अवधिमा ५१ करोडको मात्रै कारोबार भएको छ भने २५२ वटाको मूल्य बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend