२०८३, आश्विन १९ गते

images

३४ अंकले घट्याे नेप्से परिसूचक, मंगलबार १० महिना यताकै उच्च कारोबार

३४ अंकले घट्याे नेप्से परिसूचक, मंगलबार १० महिना यताकै उच्च कारोबार

मंगलवार, फाल्गुण २६ २०८२०३:१०
मंगलवार, फाल्गुण २६ २०८२०३:१०
  • images

    काठमाडौँ । सेयर बजारमा १० महिना यताकै उच्च कारोबार भएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको भएपनि कारोबार रकम भने १० महिना यताकै उच्च भएको हो ।

    आज नेप्सेमा कुल २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन पछिल्लो १० महिना यताकै उच्च हो । यसअघि, २०८२ वैशाख २४ मा कुल २५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमबार सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको नेप्से आज भने ३४.१२ अंकले घट्दै २८४१.३१ बिन्दुमा रोकिएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार भने कारोबार खुल्नसाथ नेप्से चार प्रतिशत अर्थात् १०८ अंकले बढेर २८२१ बिन्दुमा पुगेको थियो । कारोबार खुल्नसाथ चार प्रतिशतको वृद्धिपछि २० मिनेट स्थगित भएर खुलेको बजार फेरि पाँच प्रतिशत अर्थात् १३५ अंकले बढ्दै दोस्रो सर्किट ब्रेक लाग्यो ।

    दोस्रो सर्किट ब्रेक लागेर त्यसको ४० मिनेपछि खुलेको बजार पनि फेरि छ प्रतिशतको वृद्धि भएर सोमबारका लागि कारोबार बन्द भएको थियो । समग्रमा सोमबार नेप्से १६२.९३ अंकले बढ्दै २८७५.४३ बिन्दुमा उक्लिएको थियो ।

    सोमबार नेप्सेमा कुल ५५ करोड ५९ लाखको कारोबार हुँदा २५२ कम्पनीको सेयर मूल्य बढेको थियो भने एक कम्पनीको सेयर मूल्य भने घटेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend