२०८३, श्रावण २५ गते

images
  • बैंक बित्त
  • एभरेष्ट बैंकद्वारा २०८३ सालको कर्पोरेट क्यालेन्डर...

एभरेष्ट बैंकद्वारा २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकद्वारा २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक

images
सीएनएन खबर
आइतवार, चैत्र ८ २०८२०५:२४
सीएनएन खबर
आइतवार, चैत्र ८ २०८२०५:२४
  • काठमाडौँ । एभरेष्ट बैंकले वि.सं. २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले प्रत्येक वर्षझैँ यस वर्ष पनि विषयवस्तुसहित क्यालेन्डर प्रकाशन गरेको जनाएको छ ।

    यस वर्षको क्यालेन्डरमा उन्नाइसौँ शताब्दीको मध्यकालदेखि सुरु भएको तथा महादेशीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिने नेपालको विकास यात्राः नवप्रवर्तनका आयामहरू लाई मुख्य विषयवस्तुका रूपमा समेटिएको बैंकले जनाएको छ ।

    एक विशेष समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले क्यालेन्डर अनावरण गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालकहरू तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    एभरेष्ट बैंकका हाल करिब १४ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १६३ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, विश्वव्यापी नेटवर्कमार्फत मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङ सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

    नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंकले ३३ वटा सङ्कलन केन्द्रमार्फत सेवा दिँदै आएको छ भने भारतको नयाँ दिल्लीसहित अन्य मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय सेवा विस्तार गरेको बैंकले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend