२०८३, आश्विन १९ गते

images

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

मंगलवार, चैत्र १० २०८२०३:२७
मंगलवार, चैत्र १० २०८२०३:२७
  • images

    काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९६०.४० विन्दुमा बन्द भएको हो।

    आज ३ करोड ५८ लाख २२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार राद्यी विद्युत कम्पनीको भएको छ। कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend