२०८३, भाद्र १३ गते

images

कुमारी बैंकको मास्टरकार्ड  सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

कुमारी बैंकको मास्टरकार्ड  सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन

images
बिहिवार, चैत्र १२ २०८२०७:५९
बिहिवार, चैत्र १२ २०८२०७:५९
  • काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ । काठमाण्डौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिंदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिदै मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन् ।

    यसैगरि कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनिश ताम्रकारले मास्टरकार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारि दिदै यस डेबिट मास्टरकार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन् । 

    introducing Kumari Mastercard.jpg

    साथै, पत्रकारहरूको अन्य जिज्ञ्यासालाई सम्बोधन गर्दै बैंकले जारी गरेको डेबिट मास्टरकार्ड नेपाल, भारत र भुटानका सबै मास्टरकार्ड स्वीकार गर्ने एटीएम तथा पीओएसमा प्रयोग गर्न सकिने, मास्टरकार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, मास्टरकार्ड मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरु प्रष्ट पारेका थिए । उनका अनुसार, बैंकले गत वर्षदेखिनै आफ्ना एटीएमहरुमा मास्टरकार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वस बैंकले लिएको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend