२०८३, आश्विन १९ गते

images

७४ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

७४ अंकले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

बुधवार, चैत्र १८ २०८२०३:२०
बुधवार, चैत्र १८ २०८२०३:२०
  • images

    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घट्दै २७७६ बिन्दुमा झरेको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से दिनभर रातो अंकमै सीमित रह्यो ।

    यसअघि आइतबार र सोमबार गरी दुई दिनमा ११९ अंकले घटेको बजार मंगलबार सामान्य १९.७ अंकले बढेको थियो । तर, बुधबार पुनः तीव्र गिरावट देखिएको हो ।

    बजारमा उच्च गिरावट आए पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कुल कारोबारमा १३ कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको मूल्य घटेको छ ।

    समूहगत सूचकतर्फ सबै समूह घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.२६ प्रतिशतले घट्दा बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशतले घटेका छन् ।

    यसबीच ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हालै सूचीकृत रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशतले बढेको हो ।

    त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशतले घटेको छ । साथै सप्तकोशी विकास बैंक ७.२८, नेसनल हाइड्रोपावर ७.१७, शिवश्री हाइड्रोपावर ७.०० र हिमाल दोलखा हाइड्रोपावर ६.४१ प्रतिशतले घटेका छन् ।

    कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend