२०८३, आश्विन १९ गते

images

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कति भयो कारोबार ?

बिहिवार, चैत्र १९ २०८२०३:३६
बिहिवार, चैत्र १९ २०८२०३:३६
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक आज ५.८२ अंकले बढेर २ हजार ७८२.१८ विन्दुमा बन्द भएको हो ।

    नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आज २ करोड १३ लाख १८ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। १२ कम्पनीको शेयरमूल्य स्थिर छ ।

    रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इनर्जी, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एसवाई प्यानलको भएको छ । कम्पनीको ३५ करोड ७० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend