२०८३, आश्विन १९ गते

images

शेयरबजार अब शुक्रबार खुल्ने,आइतबार बन्द

शेयरबजार अब शुक्रबार खुल्ने,आइतबार बन्द

सोमवार, चैत्र २३ २०८२१०:३२
सोमवार, चैत्र २३ २०८२१०:३२
  • images

    काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साप्ताहिक कारोबार संरचनामा फेरबदल गर्दै अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो।

    सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेपछि त्यस दिन शेयर बजार बन्द रहनेछ। यससँगै सातामा पाँच दिन नियमित कारोबार कायम राख्न नेप्सेले शुक्रबार बजार खुला गर्ने विकल्प रोजेको हो।

    नयाँ व्यवस्थाअनुसार अब सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ भने आइतबार र शनिबार बजार बन्द रहनेछ।

    यसअघि पनि सरकारले २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार खुला गरेको थियो। त्यस अवधिमा पनि साताको पाँच दिन सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन भएको थियो। पछि सरकारले आइतबारको बिदा खारेज गरेसँगै नेप्से पुरानै तालिकामा फर्किएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend