२०८३, आश्विन १९ गते

images

सेयर लगानीकर्ताले भेटे अर्थमन्त्रीलाई, के भयो कुराकानी ?

सेयर लगानीकर्ताले भेटे अर्थमन्त्रीलाई, के भयो कुराकानी ?

सोमवार, चैत्र २३ २०८२१०:५५
सोमवार, चैत्र २३ २०८२१०:५५
  • images

    काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूले अर्थमन्त्री डा।स्वर्णिम वाग्लेलाई भेटेका छन्। सेयर बजार निरन्तर ओरालो लागेपछि आत्तिएका लगानीकर्तालाई मन्त्री वाग्लेले मन्त्रालयमै आज भेटेका हुन्। 

    नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधीसँगको भेटका क्रममा पछिल्लो समय सरकारले अघि बढाएको अनुसन्धान र त्यसको असर बजारमा परेको विषयमा लगानीकर्ताले उठाएका थिए।

    मन्त्री वाग्लेले भने बजारलाई अझै पारदर्शी बनाउनेतिर सरकारको उद्देश्य रहेको र यसबाट सबैलाई लाभ हुने प्रष्ट पारेका थिए।

    मन्त्री र एशोसिएसनका प्रतिनिधिबीच अर्थ मन्त्रालय सोमबार बिहान ९:४५ बाट सुरु भएको भेट १०:१५ बजे सकिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend