२०८३, आश्विन १९ गते

images

अर्थमन्त्रीको आश्वासनपछि बढ्यो शेयर बजार, कति भयो कारोबार ?

अर्थमन्त्रीको आश्वासनपछि बढ्यो शेयर बजार, कति भयो कारोबार ?

सोमवार, चैत्र २३ २०८२०३:२९
सोमवार, चैत्र २३ २०८२०३:२९
  • images

    काठमाडौँ । निरन्तर गिरावटमा रहेको शेयर बजार सोमबार भने सुधारिएको देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढ्दै बजारमा हरियाली छाएको हो।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको आश्वासनपछि लगानीकर्ताको मनोबल बढ्दा बजार सम्हालिएको विश्लेषण गरिएको छ। उनले साना लगानीकर्तालाई लक्षित गरी बजारमा आतंक फैलाउने हल्लाको पछि नलाग्न आग्रह गरेका थिए।

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ८३.३३ अंकले वृद्धि हुँदै २ हजार ७६०.०२ विन्दुमा बन्द भएको छ। यसअघि आइतबार बजारमा सय अंकभन्दा बढीको गिरावट आएको थियो ।

    आज २ करोड ५१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा कुल १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    कारोबारमा २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य घटेको छ र एउटा कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इनर्जी तथा होटल फरेष्ट इनका शेयरमा सकारात्मक सर्किट लागेको छ।

    यता, रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ अर्ब १३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend