२०८३, आश्विन १९ गते

images

४८ अंकले बढ्यो नेप्से परिसूचक,कति भयो कारोबार ?

४८ अंकले बढ्यो नेप्से परिसूचक,कति भयो कारोबार ?

बिहिवार, चैत्र २६ २०८२०३:२१
बिहिवार, चैत्र २६ २०८२०३:२१
  • images

    काठमाडौँ । बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ४८.७१अंकले बढेर २ हजार ८५१.२४ विन्दुमा बन्द भएको हो ।

    आज २ करोड ७९ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    त्यसैगरी, आज २५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। एउटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend