काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २ हजार ८३७.७७ विन्दुमा बन्द भएको हो ।
आज २ करोड १० लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ८ अर्ब ९९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर छ ।
भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

