काठमाडौँ । वर्षको पहिलो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८६६.८७ विन्दुमा बन्द भएको हो ।
आज २ करोड ६४ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, आज २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ३ कम्पनीको शेयरमूल्य स्थिर छ ।
रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इनर्जी, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट र सुपर खुदी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको ५८ करोड ९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

