२०८३, आश्विन १९ गते

images

३ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

३ कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति

बुधवार, बैशाख २ २०८३०७:१२
बुधवार, बैशाख २ २०८३०७:१२
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकै दिन तीन कम्पनीलाई आईपीओ निष्काशनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ।

    बोर्डका अनुसार एभरेष्ट कलर लिमिटेडले प्रतिशेयर रु। १०० अंकित दरका ७ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

    त्यस्तै, माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडलाई २५ लाख ८० हजार कित्ता शेयर निष्काशनको स्वीकृति दिइएको छ। यस कम्पनीको आईपीओ प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेडले अगाडि बढाउनेछ।

    यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडलाई पनि ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमति दिइएको छ। यस कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend