२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ताका लागि ३...

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ताका लागि ३ जनाको नाम सिफारिस, को को परे ?

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ताका लागि ३ जनाको नाम सिफारिस, को को परे ?

बिहिवार, आश्विन १० २०८१०७:५७
बिहिवार, आश्विन १० २०८१०७:५७
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम अन्तरवार्ताका लागि सिफारिस गरिएको छ ।

    बोर्डको अध्यक्ष नियुक्तका लागि गठित सिफारिस समितिले बिहीबार एक सूचना जारी गर्दै ३ जनाको नाम सर्टलिस्ट गर्दै अन्तरवार्ताका लागि बोलाएको हो । 

    सूचना अनुसार कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीलाई मन्त्रालयले व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवाताका लागि बोलाएको हो । 

    सर्टलिस्टमा परेका ३ नै जनाको आगामी असोज १८ गते बिहान ८ बजे अर्थमन्त्रालयमा प्रस्तुतीकरण हुनेछ । 

    dhitopatra_notice.jpg

    यसअघि बोर्डको अध्यक्ष सिफारिश गर्न गठित समितिले नै गत असार १४ गते सूचना जारी गर्दै अहिलेसम्मका सबै प्रक्रिया रद्द गरेको थियो । 

    समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो । पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने योजना थियो ।

    तर प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए । बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जीवी चापागाईं र कृष्णबहादुर कार्की अन्तर्वार्ताका लागि गएनन् । त्यसपछि छनोट प्रक्रिया विवादित बनेपछि उक्त प्रक्रिया नै रद्द गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend