२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • सिटिजन्स बैंकको नाफा ३५%ले बढ्यो, इम्पेरमेन्ट...

सिटिजन्स बैंकको नाफा ३५%ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा प्रदर्शन सुधार

सिटिजन्स बैंकको नाफा ३५%ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा प्रदर्शन सुधार

सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०७:११
सीएनएन खबर
मंगलवार, बैशाख १५ २०८३०७:११
  • images

    काठमाडौँ । सिटिजन्स बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    बैंकले चालू आर्थिक वर्षको पहिलो ९ महिनासम्म १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी घटे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशत घटेको छ। बैंकको कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशत र सञ्चालन मुनाफा ३८.६१ प्रतिशत बढेको छ। 

    समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५५ पैसा बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ।

    बैंकको वितरणयोग्य मुनाफा भने ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.७१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा रहेको छ।

    १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित छ। बैंकले २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend