२०८३, भाद्र ४ गते

images

गरिमा विकास बैंकका ग्राहकलाई ओम अस्पताल र कान्तिपुर डेन्टल अस्पतालमा आकर्षक छुट

गरिमा विकास बैंकका ग्राहकलाई ओम अस्पताल र कान्तिपुर डेन्टल अस्पतालमा आकर्षक छुट

images
बुधवार, बैशाख १६ २०८३०३:०८
बुधवार, बैशाख १६ २०८३०३:०८
  • काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरूले अब स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। बैंकले ओम अस्पताल र कान्तिपुर डेन्टल अस्पतालसँग सम्झौता गर्दै विभिन्न उपचार सेवामा छुट उपलब्ध गराउने व्यवस्था गरेको हो।

    उक्त सम्झौतापछि ग्राहकहरूले ओम अस्पताल एन्ड रिसर्च सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायतका विभिन्न स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन्।

    त्यसैगरी, कान्तिपुर डेन्टल अस्पताल (केडीसी) मा बेड शुल्कमा १५ प्रतिशतसम्म तथा अन्य स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ।

    उक्त सुविधा काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, भरतपुर र बुटवलस्थित शाखामार्फत पनि उपलब्ध हुने जनाइएको छ।

    बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ, डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यी सुविधाहरू सहज रूपमा लिन सक्नेछन्।

    हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend