२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • वर्षाले रोकियो नेपाल–यूएई खेल: दीपेन्द्रको शतकसँगै...

वर्षाले रोकियो नेपाल–यूएई खेल: दीपेन्द्रको शतकसँगै नेपालले २९० रनको लक्ष्य

वर्षाले रोकियो नेपाल–यूएई खेल: दीपेन्द्रको शतकसँगै नेपालले २९० रनको लक्ष्य

सीएनएन खबर
शुक्रवार, बैशाख १८ २०८३०२:३७
सीएनएन खबर
शुक्रवार, बैशाख १८ २०८३०२:३७
  • images

    काठमाडौँ । नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा सय रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए ।

    उनले ७९ रनमा ५६ रनको योगदान दिए । गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एकएक विकेट लिए ।

    जवाफ ब्याटिङमा आएको यूएईले ४ ओभर १ बलको खेल खेल्दा पानी परेपछि खेल रोकिएको हो । यूएईले १ विकेट गुमाएर ३६ रन बनाएको छ । यूएईको १ विकेट नेपालका नन्दन यादवले लिएका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend