२०८३, आश्विन १९ गते

images

भरियो कुलेखाने, दुई ढोका खोलियो

भरियो कुलेखाने, दुई ढोका खोलियो

शनिवार, आश्विन १२ २०८१०६:५०
शनिवार, आश्विन १२ २०८१०६:५०
  • images

    काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा न-२ स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधको ढोका खोलिएको छ ।

    अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएराती देखि साइरनसहित ओभरफ्लो भएको थियो । आज बिहान ढोका खोलिएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार हाल प्रती मिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकता अनुसार पानी खोलिदै जानेछ ।

    कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ ।

    ओभर फ्लो भयो कुलेखानीः २ वटा गेट खोल्ने तयारी, सतर्कता अपनाउन आग्रह ओभर फ्लो भयो कुलेखानीः २ वटा गेट खोल्ने तयारी, सतर्कता अपनाउन आग्रह

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend